नविन केको ‘संझिरहन्छु’
गायक नविन के भट्टराईले केही बर्षको अन्तराल अर्थात २ बर्षपछि दर्शक तथा श्रोतालाई नयाँ गीत कोसेलीका रुपमा ल्याएका छन् । उनले ‘संझिरहन्छु’ बोलको गीत सार्वजनिक गरेका हुन । नविनकै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोलाई नविना भट्टराईले निर्देशन गरेकी हुन् । भिडियोमा सौरभ लामाको छायांकन छ । अर्जुन जीसीको सम्पादन रहने भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् ।
विगत केही महिनादेखि बजारमा वर्षा र राजको प्रेम चर्चा पनि चलिरहेको छ । यसैले पनि यो जोडीलाई एकसाथ भिडियोमा हेर्नका लागि दर्शक पनि उत्साहित छन् । राज र वर्षाले नविन के भट्टराईको गीतमा काम गर्न पाउँदा उत्साहित भएको बताएका छन् ।
नयाँ गीतबारे नविनले भनेका छन्–‘यो गीतले यात्राको कुरा भन्छ । २ बर्षपछि दर्शक तथा श्रोताका लागि मैले नयाँ कोशेली लिएर आएको छु । आशा छ, दर्शकले रुचाउनु हुनेछ ।’
