चलचित्र ‘प्रेमगन्ज’ बन्ने
चलचित्र चौतारीको व्यानरमा ‘प्रेमगन्ज’मा बन्ने भएको छ । सो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भइसकेका छन् ।
चलचित्रमा नायक तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको निर्माणपक्षले बताएको छ । परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिने बताइएको छ । सेन विगत १५ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् ।
चलचित्रका लागि यसअघि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भैसकेका थिए । चलचित्रमा संजय लामाको छायांकन रहनेछ । राजु फुयाँल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । चलचित्रको छायांकन चाडै नै सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।
