विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन् ।
हालसम्म अमेरिकामा १ करोड २७ लाख ५४ हजार १ सय ९ जना संक्रमित भएका छन् । यस्तै, भारतमा ९२ लाख २२ हजार २ सय १६, ब्राजिलमा ६१ लाख १८ हजार ७ सय ८, फ्रान्समा २२ लाख २१ हजार ६ सय ८, रुसमा २१ लाख ४४ हजार २ सय २९, स्पेनमा १६ लाख ५ हजार ६६ र बेलायतमा १५ लाख ६० हजार ८ सय ४६ जना संक्रमित भएका छन् ।
संक्रमणबाट अमेरिकामा २ लाख ६१ हजार ९ सय ७१, ब्राजिलमा १ लाख ७० हजार १ सय १५, भारतमा १ लाख ३४ हजार ६ सय ९९, मेक्सिकोमा १ लाख २ हजार ७ सय ३९ र बेलायतमा ५६ हजार ६ सय ३० जनाको मृत्यु भएको छ। एजेन्सी