इस्मा गाउँपालिकाका वडाअध्यक्ष खत्रीको आपत्ति

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–१ का वडाअध्यक्ष चुराबहादुर खत्रीले जिम्मेवार व्यक्तिबाट आफ्नो चरित्रहत्या गर्न खोजेको बताएका छन् ।
वडाअध्यक्ष खत्रीले भदौ ३ गते इस्मा गाउपालिका–१ हस्तिचौरमा वडाअध्यक्ष खत्रीलाई कोरोना पोजेटिभ देखिएको भनी इस्मा गाउँपालिकाका जिम्मेवार ब्यक्तिबाट भ्रम फैलाइएको भन्दै त्यस कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ ।
आरडीटी परीक्षण गर्ने क्रममा लिइएको स्वाव जाँच गर्दा एक जनामा पोजिटिभ देखिएको विषयलाई लिएर जिम्मेवार व्यक्तीले वडाअध्यक्षलाई पोजेटिभ देखियो भन्दै षड्यन्त्रमुलक ढंगले चरीत्र हत्या गर्न खोजिएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ ।
उहाँले भन्नुभयो ‘मेरा आफन्तजन र वडाबासी सम्पूर्ण आमाबुवा, दाजुभाइ र दिदिबहिनीबाट टाढा गराउने उदेश्यका साथ हल्ला गर्नु र हल्ला गर्न लगाउनु अत्यन्तै दुःखद र खेदजनक छ ।’ संवेदनशील बिषयमा आफै सचेत रहेको जानकारी गराउदँै वडाअध्यक्ष खत्रीले गलत प्रचार प्रसारमा नलाग्न र नलगाउन सम्बन्धित जिम्मेवार व्यक्तीलाई चेतावनी समेत दिनुभएको छ ।
तत्कालीन समयमा इस्मा गाउपालिका–१ हस्तिचौरमा कुनै व्यक्ति सक्रिय कोरोना सक्रमित नदेखिएको र यस्ता गलत प्रचारको पछि नलाग्न स्पष्ट पार्नुभएको छ । तर कोरोना संक्रमण जो कोहिलाई पनि हुन सक्ने भएकोले सचेतता पूर्वक सामाजिक तथा भौतिक दुरी कायम गरी दैनिक क्रियाकलाप अघि बढाउन आग्रह गर्नुभएको छ ।