लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित


काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । प्रतिनिधिसभा सदस्य सरिता गिरीलाई केही समय अगाडि समाजवादी पार्टीले आफ्नो पार्टीबाट निष्काशन गरेको थियो ।


नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।

सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताएका छन ।