त्रिशूली थ्री–ए को टनेलबाट ६ वटा शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलमा ढलानका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारी बाहिर निकालिएको हो।

शव खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीसँगै आयोजनाका प्रतिनिधिहरू पनि टनेलभित्र खटिएका छन्।

टनेलको भित्री भागमा समेत अन्य शवजस्तो आकृति देखिएको जनाइएको छ। त्यसको यकिन गर्न खोजी तथा उद्धार कार्य जारी रहेको छ।