कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरीय निर्वाचन सहजीकरणका लागि सातै प्रदेशमा निर्वाचन संयोजक खटाएका हुन्। समितिले वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन संयोजकको जिम्मेवारी दिएको जनाएको छ।

जसअनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेस प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अर्याल, गण्डकी प्रदेशमा जगन्नाथ ढकाल, लुम्बिनी प्रदेशमा दीपकुमार रेग्मी, कर्णाली प्रदेशमा उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा गंगाराम पाध्यायलाई निर्वाचन संयोजक तोकिएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक खड्काका अनुसार महाधिवेशनअन्तर्गत हुने निर्वाचनलाई सहजीकरण गर्न उनीहरूलाई प्रदेशस्तरमा जिम्मेवारी दिइएको हो।