फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ मा गएराति भएको खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो।

स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एक–एक गोल गरे। स्पेनले खेलको २२औँ मिनेटमा पेनाल्टी गोलमार्फत पहिलो गोल गरेको थियो।

फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो। स्पेनका पेड्रो पोरोले खेलको ५८ औँ मिनेटमा अर्को गोल गरे।

विश्वकपको बलियो दाबेदार मानिएको फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित भएको छ।

अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।