स्थायी शान्ति र लोकतन्त्रलाई मजबुद बनाउन १५ बर्ष बर्षसम्म गठबन्धन : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनलाई निर्वाचनमा बिजयी गराउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौं क्षेत्र नंवर १० सतुंगलमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै देउवाले पटक पटक संसद बिघटन गरेपछि गठबन्धनले जोगाएको भन्दै अगामी दिनमा संविधान रक्षाका लागि बिजयी गराउनुपर्ने बताउनुभएको हो । उहाँले नेपाली जनताको लामो लडाईपछि स्थापीत भएको लोकतन्त्रलाई स्थायी राख्नुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गर्नुभयो ।

देउवा देशलाई स्थायी शान्ति र लोकतन्त्रलाई मजबुद बनाउन १० देखि १५ बर्ष बर्षसम्म गठबन्धनलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । मंसिर ४ गते हुने निर्वाचन नेपालको भाग्य र भविष्य फैसला गर्ने उपयुक्त माध्यम भएको उहाको भनाई छ । प्रधानमन्त्री देउवाले कलंकी देखि थानकोटसम्म सडक बिस्तारका क्रममा अन्याय परेकालाई मुआव्जा उपलव्ध गराईने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले संविधानको रक्षाका लागि प्रतिगमनलाई पराजित गर्दै अग्रगमनका लागि गठबन्धनलाई बिजयी गराउनुपर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले एमाले बिजयी भए मुलुकमा फेरी प्रतिगमनको खतरा हुने भएकाले निर्वाचनलाई होसियारीपूर्वक उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।