गरिमा विकास बैंकद्वारा १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले बैंकले १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि दिने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु। ४,५९,०८,७३,५०१।८९ (अक्षरेपी चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे मात्र) को १३।०० प्रतिशत बराबर बोनस शेयर बापत रु। ५९,६८,१३,५५५।२५ (अक्षरेपी उन्साठी करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पैसा पच्चीस मात्र) र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि) रु। ६,८८,६३,१०२।५३ (अक्षरेपी छ करोड अठासी लाख त्रीसठ्ठी हजार एक सय दुई र पैसा त्रीपन्न मात्र) गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु। ६६,५६,७६,६५७।७८ (अक्षरेपी छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र पैसा अठहत्तर मात्र) लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने बैंकले जनाएको छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।