गुल्मीमा माक्स नलगाई हिड्नेलाई कारवाही

गुल्मीमा माक्स नलगाई हिड्नेलाई कारवाही गरिएको छ । तपाईको माक्स खोई अभियान नै सञ्चालन गरिएको अवस्थामा माक्स नलगाई हिड्ने १६ जनालाई कारवाही स्वरुप जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो।
उहाँका अनुसार ६ सय ९३ जनालाई माक्स किनेर लगाउन लगाईएको र १ सय ५० जनालाई माक्स बितरण गरिएको छ। विश्वब्यापी महामारीको रुपमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले तपाईकोई माक्स खोई अभियान सञ्चालन गरिएको हो।
कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईको मास्क खै’ अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो। मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको शर्माले बताउनुभयो।