विदेशबाट घर आउन चाहने सबैलाई ल्याउन कांग्रेसको माग
काठमाडौं । कोरोना भाइरस कोभिड-१९ का कारण घर फर्कन चाहने सबै नेपालीलाई ल्याउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले आज एक विज्ञप्ति प्रकाशित गरी विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर फर्कन अधिकार भएको भन्दै आउन चाहनेलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन माग गरेका छन् ।
कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने उनले वताएका छन् ।
त्यस्तै विदेशबाट ल्याइएका सबै नेपालीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुका साथै मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न पनि माग गरेका छन् ।
