नेपालमा थपिए ३२३ संक्रमित

संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोभिड(१९ पुष्टि भएका व्यक्तिको संख्या ३ हजार २३५ पुगेको छ ।
डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६५ पुगेको छ ।