५ वर्षीया बालिका करणीको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

धनगढीमा- ५ वर्षीया बालिका करणीको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

धनगढी उप–महानगरपालिका ४ कि ५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ वर्षीय स्पन्दन राईलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार साँझ पक्राउ गरेको हो ।

केही समयदेखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लागेको छ ।

पीडित परिवारले प्रहरीलाई उजुरी गरेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको थियो ।

अहिले बालिकाको स्वास्थ्य परिक्षण गरिएको र त्यसको रिर्पोटले बलात्कार भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए ।