रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। बाढीपछि बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो।
बाढीबाट प्रभावित क्षेत्रमा रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० तथा चितवनमा ३२१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
विपद्मा परेका मध्ये अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्। साथै, २७९ जना घाइते भएको तथ्यांक छ।
हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ११ हजार ८१४ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
