कांग्रेस सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गीको उम्मेदवारी

नेपाली कांग्रेसको सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार थापा र खड्गीले सभापतिमा उम्मेदवारी दिएका हुन् । यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए ।

त्यस्तै, २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। त्यसअघि १३औं महाधिवेशनमा महामन्त्रीमै पराजित भएका थिए।

अर्का सभापतिका उम्मेदवार नेता श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन र स्वस्थ प्रतिस्पर्धाको अभ्यास स्थापित गर्न आफूले कदम चालेको बताएका छन् ।

सभापतिमा थापालाई सर्वसम्मत हुन नदिन मात्रै उम्मेदवारी दिएको भन्ने चर्चालाई खण्डन गर्दै उनले लोकतान्त्रिक पार्टीमा स्वस्थ निर्वाचन पद्धति आवश्यक रहेको उल्लेख गरे । थापा आफ्नो पूर्वविद्यार्थी समेत रहेको स्मरण गर्दै उनले परिणाम जे आए पनि पार्टीको रुख र चारतारे झन्डा बलियो बनाउन सधैँ लागिरहने बताएका छन् ।