सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार
काठमाडौं । रसुवा बाढीमा परेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी सञ्जय साह र त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर कविर महर्जनको उद्दार भएको छ ।
उनीहरूलाई रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका थिए । उनीहरुको जीवितै उद्दार पछि थप अरु पनि जीवितै उद्दार हुने आशा पलाएको छ ।
