एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको ठूलो गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।

गत माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।

यसैगरी, चाँदीको मूल्य पनि आइतबार तोलामा १७५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।