राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुश्बु ओली नियुक्त
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभामा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीलाई चयन गरेको छ।
पार्टीको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत रूपमा नेता चयन गर्ने निर्णय गरेको हो। साथै, समानुपातिकतर्फकी सांसद खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गरिएको छ।
यसपटकको निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिट मात्र जितेको थियो। समानुपातिकसहित संसदमा राप्रपाका कुल पाँच जना सांसद रहनेछन्।
