एमाले नेता रामवीर मानन्धरसहित चार जना कांग्रेस प्रवेश

काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धरसहित चार जना नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

काठमाडौंमा आयोजित कांग्रेस सभापति गगन थापासँगको प्रतिज्ञापत्रसम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरूले औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसद हुन्। यसअघि उनले २०४९ सालमा वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

मानन्धरसँगै कांग्रेस प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल तथा काठमाडौं–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका आकांक्षी डा. प्रणय शम्शेर राणा रहेका छन्।