कांग्रेस देश परिवर्तन गर्ने अठोटसहित निर्वाचनमा होमिएको छ : प्रवक्ता चालिसे
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयअनुकूल रूपान्तरण हुँदै नयाँ पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढेको बताएका छन्।
कांग्रेसले सुरु गरेको ‘कांग्रेस डबली’ संवाद कार्यक्रमअन्तर्गत आयोजित पहिलो संस्करणलाई सम्बोधन गर्दै उनले परिवर्तन भएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा सहभागी भएको दाबी गरे।
“नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पार्टीको स्वरूप, शैली र आचरणमा पनि परिवर्तन ल्याएको छ,” उनले भने, “युवा पुस्तामा कांग्रेस आएको छ, आशाको सञ्चार भएको छ। कांग्रेस केवल बदलेको होइन, देश परिवर्तन गर्ने अठोटसहितका नीतिका साथ आएको छ।”
