फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन्।

निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारलाई धन्यवाद दिँदै उनले निर्वाचन सफल बनाउन सरकार पूर्ण इमानदारी र सामर्थ्यका साथ लागेको स्पष्ट पारिन्। निर्वाचन सुरक्षामा कुनै सम्झौता नहुने र सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित रहेको उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियाप्रति देखिएको उत्साह र प्रतिबद्धताले राजनीतिक क्षेत्रसँगै निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको उल्लेख गरिन्।