पर्सा अदालतले रवि लामिछानेसँग एक करोड धरौटी माग्यो

काठमाडौँ । सहकारी ठगीलगायतका मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत, पर्साले एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एकल इजलासले लामिछानेलाई सो रकम बराबरको धरौटी बुझाउन आदेश दिएको हो। उनी अहिले धरौटी बुझाउने प्रक्रियामा रहेको जनाइएको छ।

लामिछाने मंगलबार अदालतमा उपस्थित भएका थिए। सोही दिन थुनछेक बहस सम्पन्न भएपछि अदालतले धरौटीको आदेश जारी गरेको हो।