देउवा पक्षको रिटमा अन्तरिम आदेश आएन, गगनलाई बाटो खुला
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेन। यससँगै निर्वाचन आयोगको निर्णयअनुसार तत्कालका लागि गगन थापा नेतृत्वको कांग्रेसलाई अघि बढ्ने बाटो खुलेको छ।
तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ भएको थियो। अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्नुअघि इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गरिसकेको छ। सोही निर्णयका आधारमा गगन थापाले पार्टीका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएर उम्मेदवारी दर्तासमेत भइसकेको छ ।
