सञ्चारमन्त्री खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा चुनाव लड्ने निश्चित भएसँगै उनले मन्त्री पद त्यागेका हुन्।

खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका छन्। रास्वपाले उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारी गरेको छ।

यसअघि कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन्।

घिसिङले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरी चुनावी तयारी थालेका छन् भने गुप्ता रास्वपाबाटै चुनाव लड्ने तयारीमा छन्।