कांग्रेस संस्थापनको पत्र निर्वाचन आयोगमा, महामन्त्रीद्वय निष्कासनको जानकारी पनि
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजना नभएको भन्दै यससम्बन्धी कुनै दाबी निर्वाचन आयोगमा आए त्यसलाई वैधानिक नमान्न अनुरोध गर्दै पत्र पठाएको छ।
सभापति शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगमा उक्त पत्र पठाइएको हो। पत्रमार्फत संस्थापन पक्षले विशेष महाधिवेशन पार्टी विधानअनुसार नभएको दाबी गरेको छ।
यसैसँगै, पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी पनि निर्वाचन आयोगलाई गराइएको छ।
