राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । शीतल निवासका अनुसार सरकारको सिफारिसमा आगामी माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन बस्नेछ ।
