समानुपातिकमा अपाङ्गता भएका व्यक्तिको सिट सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले माधवप्रसाद चम्लागाईलगायतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा उक्त आदेश जारी गरेको हो।

अदालतले निर्वाचन आयोगलाई सबै राजनीतिक दलले पेश गरेका उम्मेदवारको बन्द सूचीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको छ वा छैन भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएको छ। यदि त्यस्तो प्रतिनिधित्व सुनिश्चित नभएको पाइएमा सम्बन्धित दललाई उम्मेदवारको बन्द सूची सच्याएर अपाङ्गता भएका व्यक्तिहरूको नामसमेत समावेश गराउन आदेश दिएको छ।