हर्कले कारवाही गरेका डा. परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा कारबाहीमा परेका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

उनीलाई शुक्रबार बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्।

बुटवलमा ५ पुसमा आयोजित कार्यक्रममा आयोजकप्रति गरेको व्यवहार उचित नभएको भन्दै अध्यक्ष साम्पाङले डा. परियारलाई कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले डा. परियारजस्ता प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुसीको विषय भएको बताए।

डा. परियारले जनयुद्धदेखि गणतन्त्र स्थापनासम्म प्रचण्डले खेलेको भूमिकाबाट आफू प्रभावित भएको उल्लेख गर्दै अब दलित मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सक्रिय योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।