रमेश लेखक सोमबार जाँचबुझ आयोगमा गएर बयान जाने
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयान दिन सोमवार जाने बताएका हुन् ।
‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने ।
लेखकले आयोगले शुक्रबार बोलाए पनि आफू सोमबारमात्रै जाने बताए ।
उनले भने ‘उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ । मैले सोमबार आउँछु भनेको छु । १४ गते सोमबार म जान्छु ।’
