नेसपा नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच ५ बुँदे सहमति
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान तथा शुक्रबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सचिवालय सदस्य सन्तोष परियारबीच पाँच बुँदे सहमति भएको छ।
सहमति हस्ताक्षर समारोहमा नेसपा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराई, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा सहितका व्यक्तिहरू सहभागी थिए।
जारी विज्ञप्तिअनुसार, देशमा उत्पन्न गम्भीर आर्थिक–राजनीतिक संकट, बढ्दो भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक दलहरूभित्र देखिएको व्यापक विघटनविरुद्ध उभिएको जेन-जी आन्दोलनको पृष्ठभूमिमा, अबको ऐतिहासिक चुनौतीपूर्ण कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी विकल्प निर्माण गर्ने र समग्र राजनीतिक पुनर्संरचना गर्ने उद्देश्यसहित तीन पक्षबीच सहमति सम्पन्न गरिएको छ।

