सामाजिक सञ्जाल दर्ता गर्न आएपछि सोही दिनदेखि सञ्चालन हुन्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि सामाजिक सञ्जाल प्लेटफर्महरू सोही दिनदेखि नेपालमा पुनः सञ्चालन गर्न सकिने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति उठेका प्रतिक्रियापछि बोल्दै मन्त्री गुरुङले भने, “सर्वोच्च अदालतको आदेश पालना गर्न र सामाजिक सञ्जालको नियमन सुनिश्चित गर्न सरकारले यस्तो निर्णय लिएको हो।”
उनका अनुसार, मन्त्रिपरिषद्ले २०८२ भदौ ९ गते गरेको निर्णयअनुसार, नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०” बमोजिम ७ दिनभित्र मन्त्रालयमा तोकिएको ढाँचामा आवश्यक कागजातसहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो।
“सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, र स्वनियमन निगरानी गर्ने अधिकारी तोकी पेस गर्ने भनिएको सूचना सार्वजनिक गरिए पनि केही प्लेटफर्महरूले समयमै सम्पर्क गरेनन्,” मन्त्री गुरुङले भने।
उनका अनुसार, सूचीकरण नगरेका सामाजिक सञ्जालहरू आजैदेखि निष्क्रिय पारिनेछन्, तर यदि दर्ता गर्न आएमा ती प्लेटफर्महरू त्यसै दिनदेखि पुनः सञ्चालन गर्न पाइने छन्।
मन्त्री गुरुङका अनुसार, मन्त्रालयले हालसम्म नेपालमा सक्रिय करिब २४–२५ वटा प्रमुख सामाजिक सञ्जालको पहिचान गरिसकेको छ।
कुनकुन बन्द हुँदैछन् ?

