विद्यालयहरूमा बम राखेको अफवाह फैलाएको आरोपमा पक्राउ
काठमाडौँ । शैक्षिक संस्थाहरूमा बम राखेको छ भन्दै अफवाह फैलाएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ घर भइ हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने वर्ष ३८ को जयरुद्र झालाई नियन्त्रणमा लिएको हो ।
झाले भदौ १३ गते प्रहरी कन्ट्रोल रुमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौँस्थित विभिन्न शैक्षिक संस्थाहरूमा विष्फोटक पदार्थ (बम) राखेको र आज ४ बजेसम्म पड्किन्छ भनी झुट्टा अफवाह फौलाएको प्रहरीले जनाएको छ ।
उनलाई सोही दिन नयाँबजार कीर्तिपुरबाट पक्राउ गरी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
