कांग्रेस संस्थापन पक्षको चाक्सीबारी बैठक : गठबन्धनको भावना अनुसार सरकार चलाउनुपर्ने निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका सात नेताहरूको चाक्सीबारीमा बसेको बैठकले गठबन्धनको भावना अनुसार सरकार जनताका पक्षमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको छ ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा बसेको बैठकमा गठबन्धनसँग भएको सहमति कार्यान्वयनमा जोड दिइएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधनजस्ता विषयहरू अलपत्र पार्न नहुने बताएका छन्।
बैठकको निष्कर्ष प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राखिने र त्यसबारे सभापति शेरबहादुर देउवालाई पनि भोलि जानकारी गराइने बताइएको छ।
सिटौलाले भने, “सरकारले गठबन्धनको भावना कायम राख्नुपर्छ। यो गठबन्धन २०८४ को निर्वाचनसम्म लैजान विश्वासको आधारमा काम गर्न जरुरी छ।”
