इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : अत्यावश्यक नपरी घरबाहिर ननिस्कनुहोस्
काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
इजरायल र इरानबीच जारी तनावपूर्ण परिस्थितिका कारण सुरक्षामा उच्च जोखिम रहेको जनाउँदै दूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार, युद्धका कारण इजरायलका विभिन्न स्थानमा जनधनको क्षति भएको छ भने त्यहाँको होम फ्रन्ट कमान्डले सर्वसाधारणका लागि लगातार सुरक्षा निर्देशन जारी गरिरहेको छ।
दूतावासले स्थानीय प्रशासनले जारी गरेका सुरक्षासम्बन्धी निर्देशनहरूको पूर्ण पालना गर्न र अत्यावश्यक सेवाबाहेकका कार्यालय तथा शैक्षिक संस्था बन्द रहने जानकारी पनि दिएको छ।
यस्तै, दूतावासले सभा–भेला नगर्न र भिडभाडमा नजान पनि नेपालीलाई सचेत गराएको छ।
