काँग्रेस नेतृत्वकै अलमलका कारण मुलुकको राजनीति गिजोलियो


काठमाडौं । नेपालको एकमात्र लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको मुल नेतृत्व अलमलमा परेकै कारण मुलुकको राजनीति गिजोलिन पुगेको छ । प्रतिनिधिसभा बिघटन भएपश्चात नेपाली काँग्रेसले आफनो प्रस्ट बिचार बाहिर ल्याउन सकिरहेको छैन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भने सरकारले आगामी बैशाखमा घोषणा गरेको मध्यावधी निर्वाचनमा भाग लिनुपर्छ भन्ने पक्षमा दृढतापुर्वक उभिदै आएका छन ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते चालेको कदमपछि लगत्तै बसेको केन्द्रिय समितिको बैठकले उनको कदमलाई असंवैधानिक भनेको छ । सभापति देउवाइतर समुहका अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीले चालेको कदमका बिरुद्ध कडा रुपमा सडक आन्दोलन गर्नुपर्ने मत जाहेर गर्दै लोकतन्त्र ट्रयाकमा आएपछि मात्र चुनावमा जानुपर्ने मत जाहेर गर्दै आइरहका छन ।
पार्टी भित्रका नेतापिच्छेका फरक–फरक धारणाका कारण अहिले कार्यकर्ता, समर्थक र शुभचिन्तकहरु भने अलमलमा परेका छन । सभापति देउवा प्रधानमन्त्री ओलीले चालेका कदम बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको कारण फैसला नभएसम्म बोल्न नहुने पक्षमा छन । उनीइतर समुह भने रौतहटका अवताफ आलमको ज्यान सम्वन्धी मुद्दामा सभापति देउवाले बोल्न हुने तर प्रधानमन्त्रीले लोकतन्त्रबिरुद्ध गरेको यत्रो घातमा किन बोल्न नहुने भनेर नेतृत्वमाथी प्रश्न तेस्र्याइरहेका छन ।
बरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरु प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेताहरु प्रधानमन्त्री ओलीले पुस ५ गते चालेको कदमको पार्टीले खुलेरै बिरोध गर्नुपर्ने पक्षमा दृढतापुर्वक उभिदै आएका छन । तर संस्थापन पक्ष भने चुनाव भए पनि ठीक र अदालतले प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा फैसला गरेपनि स्वागत गर्ने मोडमा उभिदै आएको छ । नेपाली काँग्रेसको मुल नेतृत्वको यस्तो दोधारे चरित्रका कारण अहिले मुलुकको राजनीति थप अन्यौलपुर्ण बन्दै गइरहेको छ ।
सभापति देउवाले संसद पुनस्र्थापनाको पक्षमा उभिएका नेताहरुलाई प्रचण्डविरुद्ध बोल्न डराएको भन्दै व्यंग्य समेत गर्न भ्याएका छन् । नुवाकोटमा पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा देउवाले आफ्नो पार्टीका नेताहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन् भन्दै प्रचण्डको खिलापमा बोल्न अझै डराइरहेको बताए ।
सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गर्दै देउवाले भने ‘पुनस्र्थापनाको निर्णय गर्छ भने सहर्ष स्वीकार गरौं । चुनाव भन्छ भन्यो भने चुनावमा जाऊँ ।’
नेकपाको दुबै समूहले चुनावको तयारी गरिसकेको र चुनाव चिह्नका लागि लडिरहेको वताउँदै देउवाले आफ्नो पार्टीका नेताहरु चाहिँ चुनाव हुँदै हुँदैन भनेर हद नाघेको बताए ।
संविधानअनुसार प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने र नगराए सबै मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्ने चेतावनी दिँदै देउवाले संसद पुनस्र्थापना नभए चुनाव हुने ठोकुवा गरे । ‘कि राजनीति छोड्नुप¥यो कि चुनावमा जान तयार हुनुप¥यो’ उनले भने, ‘चुनावका लागि तयार हुनुस्, डेढ वर्षपछि होस् कि अहिले होस् ।’
सभापति देउवाले नेपालमा सबैले संविधान मिचेको वताउँदै भने ‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन्, सबैले मिचेका छन्, नेपालमा (संविधान) नमिच्ने कोही छैनन् ।’
प्रधानमन्त्री ओलीको कदमको वचावटमा विभिन्न अभिव्यक्ति दिदै आएका सभापति देउवामाथि प्रधानमन्त्रीको कुर्सीमोह देखिएको कांग्रेसकै नेताहरुले आरोप लगाएका छन् । “मुलुकको राजनीति भाँडभैलो र जता गएपनि उनलाई कुनै मतलव छैन । देउवाको एक सुत्रिय अभियान भनेको प्रधानमन्त्री पद जसरी भएपनि हत्याउने र त्यो कुर्सीमा पुग्ने नै उनको प्रमुख ध्येय हो ।” एक नेताले भने ।
सभापति देउवाको यस्तो दोधारे चरित्रकै कारण नेपाली काँग्रेसको शाख अहिले दिनप्रतिदिन गिर्दै गइरहेको आभास मिल्दैछ । यसलाई जोगाउने अभियानमा देउवाइतर समुहमा रहेका नेताहरु खुलेर लागि रहेको बताइन्छ । घोषित मितिमा १४ औं महाधिवेशन गर्न असफल भएको नेतृत्व कोरोना महामारीलाई देखाएर उम्किदै आएको छ । फागुनमा हुन नसकेको महाधिवेशन जेठ, असारमा गर्न सकिने तर्क संस्थापनइतर समुहको रहेको छ । तर गत बुधवार बसेको केन्द्रिय समितिको बैठकले आगामी भदौ ७–१० गते हुने गरी यस अघिको कार्यतालिकालाई सामान्य मरिमार्जन गरेर अनुमोदन गरेको छ ।