ओली र देउवाबीच ‘म्याच फिक्सिङ’
सभापति देउबा फेरी प्रधानमन्त्रीको लाइनमा !
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बारम्वार आफुलाई ज्योतिषहरुले सात पटक नेपालको प्रधानमन्त्री बन्छस भनेको कुरा संझिरहन्छन । जव जव मुलुकमा राजनीतिक संकट आउँछ यस्तो समयमा झन यी करालाई अलि बढि नै संझने गर्छन । यो कुरालाई उनले राजनीतिक अवसरको रुपमा पनि लिने गरेका छन । उनी मुलुकमा राजनीतिक संकट आउँदा आत्तिने भन्दा पनि यसलाई कसरी क्यास गर्ने भन्ने बिषयमा अझ बढि माहिर भएर अगाडि बढछन । अहिले मुलुकमा उत्पन्न राजनीति संकट पनि सभापति देउवाको लागि प्रधानमन्त्री बन्ने उपयुक्त अवसर भएर आएको उनी निकटका नेताहरु र राजनीतिक बिश्लेषकहरुको बुझाई रहेको छ ।
गएको पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सनकको भरमा प्रतिनिधि सभा भंग गर्ने निर्णय गरे । नेपाली जनताले निवार्चनमार्फत दिएकोे दुई तिहाई जनतमतलाई उनले आफनो बारीको जौ झै गरेर मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर राष्ट्रपति बिद्यादेवी भण्डारीमार्फत बिघटन गराए । त्यससको लागि उनले संसदमा रहेको प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति देउवासँग पनि गोप्यरुपमा साँठगाँठ गरेर सहमति गरेको रहस्य अहिले आएर बाहिर आउन थालेको छ । यसका लागि प्रधानान्त्री ओलीले निवार्चन नभएसम्मको लागि आलोपालो गरेर सरकार चलाउने गोप्य सहमति गरेर सभापति देउवालाई प्रधानमन्त्रीको ललीपप देखाएको कुरा अहिले घाम जत्तिक्कै रुपमा देखिन थालेको छ ।
नेकपालाई पार्टीलाई दिएको दुई तिहाई जनमत आफनो निजी भएको ठानेर प्रधानमन्त्री ओलीले हठात रुपमा प्रतिनिधि सभा भंग गरेर फेरी निर्वाचन गर्ने घोषणा गरेका छन । नेपाली जनताले उनको यो कदमलाई अलिकति त के कत्ति पनि रुचाएरका छैनन र मन पनि पराएका छैनन । तर पनि उनी हौसिएर फेरी नेपाली जनताले आफुलाई बहुमत दिने र अको पटक पनि सत्तामा पुग्ने सपना देख्न छाडेका छैनन । मानौ, प्रधानमन्त्री ओलीका लागि नेपाली जनता भेडाबाख्रा हुन र उनले जता भन्यो उता लाग्नेछन । यसैगरी जनका रैती हुन र उनले भनेको कुरा र देखेको सपना नेपाली जनताले सर्लक्क पुरा गरिदिनेछन । यो बिषयमा प्रधानमन्त्री ओलीले सभापति देउवासँग सुटुक्क भित्रभित्रै कुरा मिलाएर संसद बिघटन गर्ने र निर्वाचन घोषणा गरेको देखाएर नेपाली जनता र राजनीतिक दललाई अल्मलाएर आलोपालो गदैं सरकार संचालन गर्ने बिषयमा चोचोमोचो मिलाउँदै साँठगाँठ गरिएको बताइन्छ ।
प्रधानमन्त्री ओलीले निर्वाचको मिति घोषणा गर्ने र यो बिषय अदालत गएको खण्डमा त्यसलाई सर्वोच्चले सदर वा बदर जे गरे पनि मिलेर अगाडि बढने बिषयमा देउवासँग सहमति गरेको रहस्य पनि बाहिरन थालेको छ । यही कारण जनप्रनिधिहरुको निर्वाचित संस्था प्रतिनिधि सभाको आयु नसकिदै निमोठने काम हुँदासमेत प्रमुख प्रतिप्रक्षी दलको नाताले जे जति रुपमा कुरा उठाउनु पर्ने हो त्यो हुन सकिइरहेको छैन । बिरोधको नामम गएको १३ गते सोमवार एकदिन १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आन्दोलन गरेर नेपाली काँग्रेस अहिले चुपचाप बसिरहेको छ । यसको कारण भनेको दुवै नेताबिच सत्तामा पुग्नकोे लागि भएको अघोषित एकता नै भएको बताइएको छ ।
सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुर्नस्थापनाको लागि परेको रिटको सुनुवाईको परिणामा जे आएपनि देउवा भने जसरी पनि पाँचौपटक प्रधानमन्नत्री बनेर छाडने ध्यान्नमा लागेका छन । आफनो कर्ममा भन्दा पनि ज्योतिषहरु प्रति अलि बढि भरोसा गर्ने स्वभाव उनको पहिले देखीको स्वभाव पनि हो । अहिलेसम्म चार पटक मुलुककको प्रधानमन्त्री बनिसकेका देउवाले के चमत्कार गरेर देखाएका छन र उनी पटक पटक प्रधानमन्त्री बन्न लालयित हुन्छन । उनी काममा भन्दा पनि भाग्यमा बढि बिश्वास गर्ने भएकोले पनि यसपाली पनि प्रधानमन्त्री बन्नको लागि खुटट उचालेर बसेको भन्दै उनी चर्चाको शिखरमा रहेका छन ।
सकेसम्म प्रतिनिधि सभा पुर्नस्थापना हुन नदिने रणनीतिमा प्रधानमन्त्री ओली छन । यदि केहीगरी पुर्नस्थापना भएको खण्डमा आफुले राजीनामा गर्ने र देउवालाई सहयोग गरेर प्रधानमन्त्री बनाउने योजना ओलीको रहेको छ । यदि सडक आन्दोनको रापतापले आफु सरकारबाट पछि हटनु परेको खण्डमा प्रचण्ड र माधव समुहलाई सत्ता सुम्पनु भन्दा देउवालाई प्रधानमन्त्री बनाएर निर्वाचमा जाने सोच प्रधानमन्त्री ओली र उनको समुह नेकपाको रहेको छ । यसका लागि प्रतिनिधि सभा बिघटन गर्नु अघि दुवै नेताहरुले यो बिषयमा सहमति गरेर नै अहिलेको कदम चालेको बताइन्छ ।
नेपाली काँग्रेसको घोषित १४ औं महाधिवेशन आगामी फागुन ७ देखी ११ गते हुनुपर्ने थियो । तर कोरोना महामारीको कारण महाधिवेशन अगाडि गर्नुपर्ने सांगठनिक कार्य गर्न नसक्दा मिती अन्यौलमा परेको छ । निर्धारित मितिमा महमधिवेशको बिषयमा पार्टीभित्रबाटै सभापति देउवाको आलोचना भइरहेको छ । यस्तो अफठयारो बेहोरिरहेको समयमा कतै प्रधानमन्त्री भएर महाधिवेशन गर्न सकियो भने आफनो गुटलाई थप मजबुत बनाउन सकिने रणनीतिमा सभापति देउवा लागेका छन ।
यही रणनीतिकासाथ प्रधानमन्त्री ओलीसँग उनको रहस्यमय साँठगाँठ भएको र केही बिदेशी शक्तिहरुले दिएको सल्लाह मानेर जन निर्वाचित संस्था बिघटन गरेर चलखेलमा लागेको आरोप दुवै नेताहरु माथि लाग्दै आएको छ । त्यसलाई पुष्टि गर्ने काम सभापति देउवाले अदालतमाथि अहिल्यै नै धावा बोल्न नहुने र उसलाई निष्पक्ष रुपमा काम गर्न दिनुपर्ने तर्क अगाडि सार्दै आएका छन । संबिधानमा लेखिएका कुरा बारे बोल्न पनि उनी डराइरहेका छन । बर्तमान संबिधानले संसद बिघटनको कल्पना नै गरेको छैन । प्रतिपक्ष दलको नेता र हैसियतले यो कुरा बोल्न उनी अगाडि नसरेर आफु निकटका नेताहरुलाई बोल्न लगाइरहेका छन । यो भन्दा कायरता देउवाको को हुन सक्छ भन्ने प्रश्न पनि उनीमाथि उठिरहेका छ ।