इन्सपेक्टरविरुद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक ९इन्सपेक्टर० रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक रायविरुद्ध बुधबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका सञ्चालकबाट रायले १२ हजार रुपैयाँ घुस लिएको आरोप अख्तियारको छ ।

अनुसन्धानको क्रममा प्रहरी निरीक्षक रायले निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन रोकेर बारम्बार रकम असुली गर्ने गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ ।