कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएसनमा नयाँ नेतृत्व
काठमाडौं । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएसनमा सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन भएको छ । भरखरै सम्पन्न अधिवेशनले मोहिनी प्रसाद आचार्यको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रुद्र बाहादुर न्यौपाने, उपाध्यक्षहरु देबीबहादुर राई, रमेश कुमार बराल र मनोज सापकोटा छन् । यसैगरी महासचिबमा दिपक आचार्य सचिब कृष्ण बस्याल, कोषाध्यक्षमा बिर्ष बहादुर कार्की र सह कोषाध्यक्षमा तुल बहादुर श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा बल बहादुर थापा, कुसुम दाहाल खड्का, माधब प्रसाद गौतम, जनक सिंह, प्रमिला श्रेष्ठ, शुसिल बास्ताकोटी, सन्तोष खनाल, रेशम पुलामी छन् भने मनोनीत सदस्यहरुमा कुमार श्रेष्ठ, गोकर्ण गिरी, सिपन बहादुर तामाङ र केशर श्रेष्ठ निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा तुलसीराम भण्डारी चुनिएका छन् ।