जन्तीबस मकवानपुरको गढीमाई गाउपालिकामा दुर्घटना
काठमाडौ- भक्तपुरबाट हेटौंडा जाँदै गरेको जन्तीबस मकवानपुरको गढीमाई गाउपालिकामा दुर्घटनामा परेकाे छ ।
भक्तपुरबाट जन्ती लिएर हेटौंडाका गएकाे ना ४ ख २२१७ नम्बरको जन्तीबस गढीमाई गाउँपालिकाको वडा नम्बर २ मा दुर्घटनामा परेको हो ।
शान्ती लोकमार्ग अनरगत चैनपुर डाँडामा भएको जन्तीबस दुर्घटनामा परि तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने १७ जना घाइते भएकाे प्रहरीले जनाएको छ । घाइते मध्ये ५ जनाको अबस्था गम्भीर रहेको साथै र उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।