वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजियो:सभापति देउवा

धनगढी- आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए।

उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे।

‘मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,’ उनले भने।

सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे। फरक प्रसङ्गमा देउवाले नेविसंघको विवाद चाँडै समाधान गरिने बताए।