गणेशमानले देखाएको बाटोमा हिडौँ’: पूर्व सभामुख नेम्वाङ

काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले सबै राजनीतिक दलहरुलाई एकतावद्ध भएर अघि बढन आह्वान गरेका छन् ।

उपनेता नेम्वाङले मुलुकलाई अघि बढाउन अझै पनि दलहरु एकैठाउँमा उभिनुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।

गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड र मधेशका जनतालाई अझै एकतावद्ध बनाएर अघि बढनुपर्ने आवश्यक्ता पनि औँल्याए ।

उपनेता नेम्वाङले गणेशमान सिंहले देखाएको बाटोबाट अघि बढने हो भने सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिएर राष्ट्रको सेवामा लाग्नुपर्ने पनि उल्लेख गरे ।