एनसेलको नयाँ सेन्टर बानेश्वरमा

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउन नयाँबानेश्वरमा नयाँ सुविधा सम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । सेन्टरले कम्पनीको नयाँ ब्राण्ड वाचा ‘आज, भोलि, सधैं सँगै’अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ ।
‘नयाँबानेश्वरको यो नयाँ सेन्टर ग्राकहमैत्री डिजाइनमा छ, जसले एनसेल ग्राहक केन्द्रीत कम्पनी हो भन्ने तथ्यलाई प्रतिबिम्बित गर्दछ । यसको सञ्चालन हाम्रो लागि नयाँ यात्राको शुरुवात पनि हो, जस अन्तर्गत हामी आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्न आउँदा दिनहरुमा थप यस्ता सेन्टरहरु संचालनमा ल्याउने छौं’, सेन्टरको उद्घाटन गर्दै एनसेलका प्रमुखक मर्शियल अधिकृत एण्डी चोङ्गले भने ।
नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले नयाँ बानेश्वर सेन्टरमा आएका पाँच जना ग्राहकहरुलाई उपहार प्रदान गर्दै सम्मान पनि गरेको थियो । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।
त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विजप्लानहरु बदल्न, अन्तर्रा्ष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्छन् ।सेन्टर आइतबार देखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ९ बजे खुल्ने र साँझ ७ बजे सम्म सेवा प्रदान गर्नेछ । त्यसैगरी शनिबारका दिन बिहान ९ बजे देखि साँझ ५ः३० बजे सम्म सेन्टरबाट सेवा लिन सकिनेछ । आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।