मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

झापा-पूर्व– पश्चिम राजमार्ग अन्र्तगत झापाको कमल गाउँपालिका–३ झिलझिले सडक खण्डमा आज अपरान्ह भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका–२ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ६ प ८९७४ नम्वरको मोटरसाइकल विपरीत दिसाबाट आउँदै गरेको को २ च ११८१ नम्वरको मारुती भेनसँग ठोक्किदा मोटरसाइकलमा पछाडि सवार शेर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक दमक–११ निवासी ४० वर्षीय तारा शेर्मा गम्भीर घाइते भएकाले बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएकाले मारुतीभेनसँग मोटरसाइकल ठोक्किएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताउनुभयो ।