विराटनगर टाइटन्सले बुटवल ब्लास्टरलार्इ १ सय ४१ रनको लक्ष्य
पोखरा- प्रिमियर लिगमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० अोभरमा ७ विकेट गुमाएर १ सय ४० रन जोड्यो।
विराटनगरका विदेशी(पाकिस्तानी) खेलाडी मोहम्मद जाहिदले उत्कृष्ट ब्याटिङ गरेपछि विराटनगर टाइटन्सले बुटवल ब्लास्टरलार्इ १ सय ४१ रनको लक्ष्य दिएको छ।
४५ बलमा ७२ रनको पारी खेले। सो क्रममा उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै प्रदीपसिंह एेरीले ४१ रन जोडे। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
बुटवलका ललितसिंह भण्डारीले २ तथा विपिन खत्री, सांसद सेख र सागर पुनले समान १-१ विकेट लिए।
