स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प

बर्दिवास- भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् ।

कर्मचारीले आज जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् ।

यही असोज १० गते लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नै कार्यकक्षमा हातपात गरेपछि  आन्दोलनमा उत्रेको ट्रेड युनियनका अध्यक्ष राजीशरण यादवले बताउनुभयो ।

कर्मचारीको आन्दोलनका कारण सर्वसाधारण मारमा परेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कानून र प्रक्रियाअनुसार आफ्नो तहबाट कारवाही प्रक्रिया बढाएको जानकारी दिनुभयो ।

“जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि कुनै कारवाही नभएपछि आन्दोलनमा उत्रिएका हौँ,” उहाँले भन्नुभयो ।