ट्रकले किच्दा एक जनाको मृत्यु, दुई घाइते

कैलालीः कैलालीको लम्की चुहा नगरपालिका ४ मा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ ।

दुई मोटरसाइकल एक आपसमा ठोक्कीदा से ४ प ७३७० नम्बरका मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका २ का भागीराम चौधरीलाई पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख १२४७ नम्बरको ट्रकले किच्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का मोटरसाइकल चालक लम्की चुहा ४ का विनोद विश्वकर्मा र साथमा सवार मनिषा बिक दुर्घटनामा परी घाइते भएका छन् ।

उनीहरुको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।

ट्रक र चालकलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।