चाडपर्व लाई मध्नजर गर्दै अस्थायी प्रहरी चौकी स्थापना
काठमाडौँ– नेपालीहरुको महान चाड विजया दशमी, तिहार तथा छठ पर्व लाई मध्नजर गर्दै नागढुङ्गा–खानीखोलाको सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
नेपालिहरुको महान चाडबाड नजिकिए सँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चाडबाडको समयमा घण्टौँ जामका कारण आफ्नो गन्तव्यस्थलसम्म पुग्न कठिनाइ हुने भन्दै जाम न्यूनीकरण गर्न, शान्ति सुरक्षाको प्रबन्ध गर्न साधन स्रोतसहित प्रहरी परिचालन गरिएको जानकारी गरायो । उक्त स्थानमा हुने चोरी,जाम न्यूनीकरण गर्न र शान्ति सुरक्षाको प्रबन्ध गर्नकालागी सोही स्थानमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जनशक्ति परिचालन गरिएको छ ।
