साङ्ला र फोहोर भेटिएपछि मिष्ठान्न भण्डारमा सिलबन्दी

 काठमाडौं– काठमाडौंको गौशालामा रहेका ब्यञ्जन र अन्नपुर्ण मिष्ठान्न   भण्डारमा सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ताकर्मीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा भण्डारमा साङ्ला र फोहोर भेटिएपछि सिलबन्दी गरिएको हो ।

अनुगमनका सहभागी उपभोक्ताकर्मी माधव तिमल्सिनाका अनुसार, मिठाइ बनाउने ठाउँमा साङ्ला तैरिएको, भुसना भन्किएको, सरसफाइ नगरिएको र स्पष्ट उत्पादन मिति नखुलेको पाइएपछि सिलबन्दी गरिएको छ ।