प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्के

काठमाडौं  संयुक्त राष्ट्र संघको ७३ औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश   फर्केका छन् ।

प्रधानमन्त्री ओली दिउँसो ३:५५ बजे कतार एयरवेजको नियमित उडानबाट ओली काठमाडौं आइपुगेका हुन् ।

अमेरिकामा रहँदा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गरेका थिए ।

महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए।